Loading... आजः शनिबार, बैशाख २५, २०७८
Trending

२४ घण्टामा थपिए ३ सय ८१ जना कोरोना संक्रमित

काठमाडौँ :  नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ८१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालामा गरिएको नमुना परीक्षणबाट हालसम्म संक्रमित हुनेको संख्या कुल २१ हजार ३ सय ९० जना संक्रमित पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमले नियमित प्रेस ब्रिफिङमा उक्त कुराको जानकारी दिएका हुन्। त्यस्तै, गत २४ घण्टामा १ सय ३० जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या १५ हजार १ सय ५६ पुगेको छ।

error: Content is protected !!