Loading... आजः आइतवार, फाल्गुन १६, २०७७
Trending

कोरोना महामारीमा पनि पर्यटकिय धाम महावुमा मेला

दैलेख :  दैलेख र कालीकोट जिल्लाको सिमाना पर्ने समुंद्र सतहदेखी ४ हजार २ सय मिटर उचाईंमा रहेको महावुधाममा मेला लागेको छ । कोरोना भाइरस संक्रमणका कारण जिल्ला प्रशासन कार्यालयले मेलामा जान प्रतिबन्ध गरेपनि महावुधाममा भने हजारौ मानिस मेला भर्न गएका छन ।
जनैपुर्णीमा अघिल्लो दिन लाग्ने मेलामा दर्शन गर्नका लागि दैलेख ,सुर्खेत ,जाजरकोट, कालीकोट,जुम्ला र नेपालगञ्ज लगायतका जिल्ला र भारतमा बस्ने नेपालीहरु समेत उक्त मेलाको अवलोकन गर्न आउँने गरेको भएपनि यो वर्ष जाजरकोट,दैलेख,कालिकोट,जुम्लामा बाट भत्तजनहरु मेलामा आएको त्यहा पुजारीले बताएका छन । आफुले बर मागेमा पुरा हुने र पाप गरेको भए नष्ट हुने धार्मिक बिश्वासका कारण लाखौ मानिसहरु शिव लिंगको दर्शन गर्नका लागि पुग्ने गर्दछन ।
धार्मिक परमपरा अनुसार महाबु लेकमा आर्चाय ब्राहमणका कोल्न नसक्ने छोरा भैसी चराउन जाँदा ढुगामा सुतिरहेको बेला ढुगा भित्रबाट शरिर धकेलीयो उनले आँसीले खोतल्दा शिब भगवानको उत्पन्न भयो । शिब भगवानले बोल्न नसक्ने उनलाई बेद पढ्न सक्ने बरदान दिई शिला लिगमा सधै दुधको धारा चढाउनु र अरु कसैलाई नभन्नु भनी आज्ञा दिए । तर दुध चढाएको बेला देखेका अन्य गोठालाले यो केहो भन नभने मार्ने धम्की दिएपछि उनले बाध्य भएर भने ।

शिब भगवान बाट पाएको बरदान भन्ने लगत्तै उनको मृत्यु भयो । चार हजार एक सय ४८ मिटर अग्लो सो लेकमा रहेको मन्दिरका पुजारी रामानन्द काफ्लेका अनुसार यो किबदन्ती दुई सय बर्ष अगाडीको हो । सो समयदेखी प्रत्येक बर्षको जनैपुर्णीमाको देखी तिन दिन सम्म महाबु लेकमा मेला लाग्ने गर्दछ । पुजारी काफ्ले भने नेपालमै सबै भन्दा उच्च भागमा मेला लाग्ने दाबी गर्छन । यो स्थानमा रहेकोपुजारीका अनुसार शिबलिगको दर्शन गरेमा मनले मागेको कुरा पुरा हुने , सन्तान नभएकाहरुले सन्तान मागेमा सन्तान हुने , कुनै पाप गरेको छ भने पाप नाश हुने धार्मीक विश्वास रहेको स्थानीयहरु बताउछन ।

पहिला पहिला मेला संचालन गर्दा महिला जान नमिल्ने भनीएपनि केही बर्ष देखी महिलाहरु उल्लेख्य मात्रामा जान थालेका छन । तर पुजारी र पुजारीका आफ्न्तका परिवारका महिला भने शिवको दर्शन गर्न जादैनन ।शो मेला हेर्न आन्तरीक पर्यटकको घुईचो लागेपनि होटल र बास स्थानको अभाव भएको गुनासो छ ।

error: Content is protected !!