Loading... आजः शुक्रबार, मंसिर १७, २०७८
Trending

समयमै उपचार नपाँदा सुत्केरीको मृत्यु


जाजरकोट :  कुशे गाउँपालिका–५ बाटुलेकी सुत्केरी २७ वर्षीया पशुपति पुनको समयमै उपचार नपाँदा मृत्यु भएको छ । सोमबार बिहान छोरा जन्माएकी उनको सालनाल खस्न ढिलो हुँदा मृत्यु भएको हो। बिहान ४ बजे सुत्केरी भएकी उनलाई ढिलो गरी स्थानीय मेडिकलमा ल्याएर सालनाल निकालिएको थियो।

सालनाल निकालेलगत्तै बेहोस भएपछि उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताए। पुनले यसअघि दुई छोरीलाई जन्म दिएको प्रहरीले बताएको छ। पशुपतिका श्रीमान् अमृतका अनुसार नवजात शिशुको अवस्था भने सामान्य छ।

error: Content is protected !!