Loading... आजः बुधबार, माघ ७, २०७७
Trending

कोरोना महामारीले मुद्दा फर्छ्यौट प्रगति घट्यो


दैलेख :  कोरोना महामारीको असर न्यायालय सम्म पुगेको छ । जिल्ला अदालत दैलेखको अघिल्लो आर्थिक वर्ष भन्दा यो आर्थिक वर्षमा मुद्दा पछ्यौट कम प्रतिशतमा भएको जानकारी दिएको छ । जिल्ला अदालत दैलेखका न्यायधिस दण्डवाणी लामिछानेले कोरोनाको महामारी कारण मुद्दा पछ्यौटमा कमी आएको बताउनुभयो । उहाँले अघिल्लो वर्ष बाट जिम्मेवारी सरी आएको १२८ मुद्दा र यो वर्ष दर्ता भएका ९८ र पुनरावेदन ७ गरी गरी २०८ मुद्दा पछ्यौट भएको बताए ।
उनले जिल्ला अदालतमा दर्ता भएका जम्मा २६६ मध्ये जिम्मेवारी सरी आएका १०३ मुद्दा र नयाँ ९८ मुद्दा पछ्र्यौट भएको बताए । उनका अनुसार आर्थिक ०७६÷०७७ वार्षिक कार्यक्रम अनुसार जिम्मेवारी बाट सरी आएको १२८ नयाँ दर्ता अनुमान २२६ अनुमानित जम्मा लागत ३५९ मध्ये जिम्मेवारी बाट आएका १२८ नयाँ दर्ता बाट १४२ गरी जम्मा २७० मुद्दा मध्ये जिम्मेवारी बाट सरी आएको १०३ र नयाँ १०५ गरी २०८ मुद्दा पछ्र्यौट भएको छ ।
उनका अनुसार सबै भन्दा दैलेखमा सम्बन्ध विच्छेदको मुद्दा बढी परेको जिल्ला अदालत दैलेखले जानकारी दिएको छ । यो आर्थिक वर्षमा ९० वटा सम्बन्ध विच्छेदका मुद्दा मध्ये ६० मुद्दा फर्छ्यौट भएका छन् भने ३० मुद्दा बाँकी रहेका छन् । अंश बन्डाका ४२ मध्ये २१ फर्छ्यौट २१ बाँकी,अन्य ८ मध्ये ३ फर्छ्यौट ५ बाँकी,जग्गा सम्बन्धी २१ मध्ये १३ फर्छ्यौट ८ बाँकी,लेनदेनका २४ मुद्दा मध्ये १४ फर्छ्यौट १० बाँकी हात हतियार खरखजना १ मुद्दा मध्ये १ फर्छ्यौट,,बन्धक वा बाधा बनाउने १ मध्ये एक फर्छ्यौट ,छुवाछुत वा भेदभाव २ मध्ये २ बाँकी,यातना दिने ९ मध्ये ७ फर्छ्यौट २ बाँकी, अन्य १ मध्ये १ बाँकी,बहुविवाह कसुर २१ मुद्दामा १४ फर्छ्यौट ७ बाँकी,बाल विवाह ३ मध्ये १ फर्छ्यौट १बाँकी, कर्तव्य ज्यान ८ मध्ये ४ फर्छ्यौट ४ बाँकी,ज्यान मार्ने उद्योगमा १३ मध्ये ११ फर्छ्यौट २ बाँकी,आत्महत्या दुरुत्साहन २ मध्ये २ बाँकी,जवरजस्तीकरणमा १९ मध्ये ८ फर्छ्यौट ११ बाँकी,हाडनाता करणी १ मध्ये एक फर्छ्यौट जवरजस्तीकरणी उद्योग ६ मध्ये ३ फर्छ्यौट ३ बाँकी,ब्राउनसगर ७ मध्ये २ फर्छ्यौट ५ बाँकी,नागरिकता कसुरमा १ फर्छ्यौट, सवारी ज्यान अङ्गभङ्ग ५ मध्ये ५ फर्छ्यौट वन्यजन्तु सम्बन्धी कसुर १ मध्ये १ फर्छ्यौट,आगो लगाएको १ मध्ये १ बाँकी,शपथ लिएको व्यक्तिले झुटो बोलेको १ मध्ये १ फर्छ्यौट,जालसाजी १३ मध्ये ६ फर्छ्यौट ७ बाँकी,लुटपाट १ मध्ये १ फर्छ्यौट गाली बेइज्जती ९ मध्ये ९फर्छ्यौट सार्वजनिक हित ९ मध्ये ७ फर्छ्यौट २ बाँकी, चेक अनादर ९ मध्ये ७ फर्छ्यौट २ बाँकी गरी जम्मा ३३६ मध्ये २०८ फर्छ्यौट १२८ बाँकी रहेको जनाइएको छ । जिल्ला अदालतले आर्थिक वर्ष ०७७÷०७८ को मुद्दा तथा फैसला कार्यान्वयनको लक्ष्य समेत सार्वजनिक गरेको छ ।

जिल्ला अदालत दैलेखका श्रेस्तदार इन्द्रबहादुर कार्कीका अनुसार यो आर्थिक वर्षमा जिम्मेवारी बाट सरी आएको १२६ यस यस वर्ष दर्ता हुने मुद्दा २६८ जम्मा ३९४ मध्ये २६० मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएको बताउनुभयो । उहाँले पुनरावेदन २,नयाँ ५ गरी ७ मध्ये ७ नै फर्छ्यौट गर्ने,विशेष प्रकृतिका ५ नयाँ मुद्दा मध्ये ५ नै पछ्र्यौट गर्ने,फैसला कार्यान्वयन जिम्मेवारी बाट सरी आएको २७ र नयाँ दर्ता अनुमान ३५ गरी जम्मा ६२ मध्ये ४५ पछ्र्यौट गर्ने लक्ष्य निर्धारण गरेर अदालतले काम कारबाही अगाडी बढाएको बताए । अदालतका अनुसार कैद भुत्ता ८४३ वर्ष ६ महिना मध्ये ३६५ वर्ष ७ महिना २३ दिन पछर्््यौट भएको र जरिवाना तर्फ ९६ लाख १६ हजार ८८६ मध्ये २१ लाख ४८ हजार ८३४ पछ्र्यौट भएको जनाएको छ ।
न्यायधिस लामिछानेले अदालतले गरेका कामकारबाही तथ्याङ्कले बोल्नुपर्छ भनेर न्यायपालिकाको चौथो रणनीतिक योजना यस आर्थिक वर्षबाट लागू भएको छ । योजनाले छिटोछरितो र गुणस्तरीय न्याय सम्पादन, न्यायमा पहुँच बढाउन, न्यायिक सुशासनको प्रवर्धन गर्न र अदालत व्यवस्थापनको सुदृढीकरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

error: Content is protected !!