Loading... आजः मङ्लबार, मंसिर १८, २०८१
Trending

दैलेख सुर्खेत सडक खण्ड अवरुद्ध

मङ्गलवार देखी परेको भारी वर्षाका कारण पहिरो जाँदा सुर्खेत दैलेख सडक खण्ड अवरुद्ध भएको छ सुर्खेत दैलेख सडक खण्डको गुराँस गाउँपालिका वडा नः ४ मा घोडा बासमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख (डिएसपी) हरिबहादुर वलीले भारी वर्षाका कारण पहिरो गएपछि सडक अवरुद्ध भएको र यातायातका साधन ठप्प भएको बताए ।
उनले गुराँस गाउँपालिका दैलेख सँग समन्वय गरेर सडक खुलाउने काम सुरु भएको बताए । उनले भने माथि बाट आएको पहिरोले सडक पुरै अवरुद्ध छ गुराँस गाउँपालिकाको डोजर ल्याएर फाल्न लागे पनि सानो डोजर भएका कारण समय लाग्छ ।
सडक डिभिजन कार्यालय सुर्खेत मातहत रहेको सडक भएका कारण पनि स्थानीय सरकारले मर्मत नगर्दा सुर्खेत दैलेख यात्रा गर्ने यात्रुहरूलाई समेत सास्ती भएको छ । गुराँस गाउँपालिका वडा नः ४ का राम बहादुर बोहराले सडक डिभिजन कार्यालयले सुर्खेतले चासो नदिएका कारण समस्या भएको बताए । उनले भने सुर्खेत दैलेख सडक खण्डमा खाल्डै खाल्डा छन् सडक डिभिजन कार्यालयले ध्यान नदिँदा यात्रा गर्ने यात्रुलाई सास्ती खेप्नु परेको छ ।
गुराँस गाउँपालिका दैलेखका अध्यक्ष खेमराज वलीले गुराँस गाउँपालिकाले सडक डिभिजन कार्यालय सुर्खेतलाई सडक मर्मत गर्न पटक पटक आग्रह गरेनी सुनुवाई नगरेको बताए । उनले अघिल्लो वर्ष दुई स्थानमा टेन्डर भएर काम गरेको भए पनि अन्य स्थानमा समेत उस्तै समस्या भएको बताए ।सुर्खेत दैलेख हुँदै कर्णाली प्रदेशको जुम्ला हुम्ला,मुगु,कालिकोट र दैलेख जाने सडक भए पनि सबै सरोकारवाला निकायले चासो नदिएका कारण समस्या उत्पन्न भएको बताइएको छ ।