Loading... आजः आइतवार, फाल्गुन २३, २०७७
Trending

ढुंगाले च्यापेर शिक्षकको मृत्यु


दैलेख :  दुम्सीले बाली नष्ट गरेपछि दुम्सी खोज्न ओढारमा पसेको बेला ढुंगाले च्यापेर एक जना शिक्षकको मृत्यु भएको छ । नारायण नगरपालिका वडा नः ११ का ३२ बर्षीया रेशमबहादुर बष्टिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । नारायण नगरपालिका वडा नः ११ बिन्द्याबासिनीको जुफिया चौवारी भन्ने ठाउँमा दुम्सीको दुलोमा जाने ओढारमा पसेको बेला माथी बाट ढुंगा खसेर च्यापिएर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख(डिएसपी) हरिबहादुर वलीले बताए ।

उनले दुम्सी छोप्न भन्दै ओढार भित्र पसेको बेला माथी बाट माटो खस्न थालेपछि उनीसंगै ओढारमा पसेका खड्कबहादुर बिष्ट भनग्न सफल भएको र रेशम बाह्य निस्कने बेला ढुंगाले च्यापेर मृत्यु भएको जानकारी दिए । ओढार भित्रै च्यापिएको करिव डेढ घण्टापछि स्थानीय र लोहोरे प्रहरी चौकी बाट गएको प्रहरी टोलीले मृतक शिक्षकको शव बाहीर निकालेका थिए । मृतकको शव पोष्ट म्यार्टमका लागि जिल्ला अस्पतालमा पु¥याइएर आजनै दाहसस्कार गरिएको छ ।

मृतक रेशमबहादुर बिष्ट नौमूले गाउँपालिका(७ पैतीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डाँडागाउँमा प्राथमिक तहको स्थायी शिक्षक हुन् । उनको श्रीमती र ४ छोरा छन्। ती मध्ये कान्छो छोरा २ महिनाको मात्र भएको उनका आफन्तले बताएका छन ।

error: Content is protected !!