Loading... आजः बिहिबार, कार्तिक ४, २०७८
Trending

कोभिड–१९ बाट निको हुने दर ७०.६ प्रतिशत


काठमाडौ  : नेपालमा कोरोना भाइरस (कोभिड –१९)को संक्रमण बाट निकोहुनेको दर ७०.६ पुगेको छ । विगत २४ घण्टामा थप १०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १८ हजार ४८३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रा। डा। जागेश्वर गौतमले बताए ।

साथै उनले बाराको परवानीपुर–४ निवासी एक १७ वर्षीया युवतीको कोरोनाका कारण मृत्यु भएको पत्रकार सम्मेलनमा जानकारी दिए । यस्तै, विगत २४ घण्टामा १०६ जना निको भएर डिस्चार्ज हुनुभएको र कुल निको हुनेको सङ्ख्या १३ हजार ०५३ पुगेको उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।

error: Content is protected !!