Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

कर्णाली प्रदेशमा १५ सय बढीले जिते कोरोना

.


दैलेख  : कर्णाली प्रदेशमा एक हजार पाँच सय ८५ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । शुक्रवार थप ३३ जना संक्रमणमुक्त भएपछि कर्णालीमा कोरोनामुक्त हुनेको संख्या एक हजार पाँच सय ८५ पुगेको हो ।

शुक्रवार प्रदेश अस्पताल सुर्खेतबाट १६ जना, सुर्खेतको वीरेन्द्रनगर आइसोलेसन सेन्टरबाट १२ जना, शिवालय आइसोलेसन सेन्टर जाजरकोटबाट एक जना, छत्रेश्वरी आइसोलेसन सेन्टर सल्यानबाट एक जना, चौरजहारी अस्पताल रुकुम–पश्चिमबाट दुई जना र जिल्ला अस्पताल दैलेखबाट एक जना डिस्चार्ज भएको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

त्यस्तै, शुक्रवारनै गरिएको आरटी–पीसीआर परीक्षणमा थप ११ जनामा संक्रमण देखिएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा कालीकोटका दुई जना र जाजरकोटका एक जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल दैलेखमा गरिएको परीक्षणमा पनि आठ जनामा कोरोना पुष्टि भएको महाशाखाको तथ्याङ्क छ । पछिल्लो तथ्याङ्क अनुसार हालसम्म प्रदेशमा कोरोना भाइरस ९कोभिड–१९० बाट एक हजार आठ सय २४ जना संक्रमित भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।