Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

प्राकृतिक विपत्तिबाट २५ जनाको मृत्यु,६६ करोड बढी धनजनको क्षति

सुर्खेत :  बैशाख महिना यता कर्णालीका प्रदेशका विभिन्न जिल्लामा प्राकृतिक विपत्तिबाट २५ जनाकोम मृत्यु भएको छभने ६६ करोड बढी धनजनको क्षति भएको छ । विपत्तिबाट सवैभन्दा धेरै जाजरकोटमा १३ जनाको मृत्यु भएको छ । यस्तै सल्यानका चार जना, रुकुमपश्चिमका चार जना, सुर्खेतका दुई जना तथा कालिकोटका दुई जना मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस्तै सो अवधिमा २३ जना घाइते भएका छन् ।यस्तै प्रदेशको १० वटा जिल्ला मध्ये ९ वटा जिल्लामा चार महिनाको अवधिमा ६६ करोड ५५ लाख ३७ हजार ९० रुपियाँ बराबरको क्षति भएको भएको छ ।
प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएनुसार सबैभन्दा बढी जाजरकोटमा ५० लाख बराबरको क्षति भएको छ । यस्तै, डोल्पामा ४६ लाख २० हजार बराबरको धनजनको क्षति भएको उल्लेख छ । मुगुमा ४४ लाख ५७ हजार, हुम्लामा ३६ लाख ८४ हजार, कालिकोटमा ३५ लाख ६९ हजार, दैलेखमा २९ लाख ६४ हजार रुपियाँ बराबरको क्षति भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै रुकुम पश्चिममा १० लाख ४५ हजार प्रदेशको राजधानी सुर्खेतमा भने यस अवधिमा ९ लाख बराबरको धनजनको क्षति भएको कार्यालयले जनाएको छ । सल्यानमा दुई लाख बराबरको क्षति भएको छ । कर्णालीका १० वटा जिल्ला मध्ये जुम्लामा भने कुनै धनजनको क्षति नभएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।यसअवधिमा कर्णालीका विभिन्न जिल्लाका २८४ वटा घरमा क्षति पुगेको छभने यस अवधिमा २५ जनाको मृत्यु भएको छ । २३ जना घाइते भएका छन् । ५९ पशुचौपायाको मृत्यु भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । चार वेपत्ता भएका छन् । २५ वटा सडक अवरुद्ध भएका जनाइएको छ ।

विभिन्न प्राकृतिक विपत्तिका कारण यतिको धनजनको क्षति भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) राजेशनाथ बाँस्तोलाले बताए । प्रदेशमा भएको धनजनको क्षतिमा गत आर्थिक वर्षको तुलनामा कम भएको उनको भनाइ छ । तर यही रफ्तारमा बर्षात भएमा प्रदेशमा यसको संख्यामा वृद्धि हुन सक्ने उहाँले आशंका गरे । साउनको पहिलो साता भर्खर गएको छभने भदौ महिना बाँकी छ । अझ साढे एक महिना बाँकी रहेकोले बाढीपहिरोबाट क्षति बढ्न सक्छ ।

साभार सुर्खेतपत्र