Loading... आजः मङ्लबार, भदौ २५, २०८१
Trending

मध्यपहाडी राजमार्गमा दुई पुलको शिलन्यास


दैलेख  मध्यपहाडी राजमार्गको दैलेख सडक खण्डमा दुई वटा पुलको शिलन्यास गरिएको छ । राजमार्गको लोहोर मन्घर सडक खण्डको भगवतिमाई गाउँपालिका वडा नः २ को रुमखोला खोपमा र नारायण नगरपालिका र भगवतिमाई गाउँपालिकाको सिमा कुर्मी खोलामा पुल निर्माणको शिलन्यास गरिएको हो । दुई स्थानमा निर्माण हुन लागेको पुलको भगवतिमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा आरबि कन्ट्रक्सनका सस्थापक डिल बहादुर थापाले शिलन्यास गरेका छन ।

पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय दैलेखका सव इन्जिनिएर राजेश कुमार चौधरी भगवतिमाई गाउँपालिकाको रुमखोलाको खोपमा ५ करोड ५५ लाख मुल्यअभिबृद्धि कर सहित र कुर्मीखोलामा ३ करोड ७२ लाख मुल्य अभिबृद्धि कर सहित उक्त लागतमा निर्माण हुन लागेको बता ए । उनले रुमखोला पुलको २७ महिना र कुमीखोला पुल निर्माण २२ महिनामा सक्ने गरी उक्त कम्पनी संग जेठ २२ गते सम्झौता भएको बताए ।
पुल निर्माणको जिम्मा पाएको सपना÷आर बि कन्ट्रक्सन जेभिले तोकिएको सिमा अगावै पुल निर्माणको काम सक्ने गरी काम अगाढि बढाइएको आरबि कन्ट्रक्सनका संचालक रुपक थापा रबिन्सनले जानकारी दिएे । रुमखोला र कुर्मीखोलामा पुल निर्माण हुन नसक्दा बर्षाको समयमा दैलेख बजार देखी जाजरकोटको सुयाडा र सुर्खेत देखी सुयाडाका सम्मको सम्पर्क छुटेको थियो ।
भगवतिमाई गाउँपालिका अध्यक्ष दानबहादुर थापाले गाउँपालिकामा राजमार्गका दुई स्थानमा पुल निर्माण हुने भएपछि यात्रुहरुलाई समेत सहज हुने बताए । उनले बर्षाको समयमा रुमखोलामा खोला ठुलो हुने भएका कारण जाजरकोट जिल्लाको सुयाडा सम्म केही महिना गाडिहरु रोकिनु पर्ने बाध्या अन्त्य हुने छ ।