Loading... आजः शुक्रबार, चैत्र १६, २०८०
Trending

पुष्पलाले देखाएको बाटोमा हिड्न नेता कार्यकर्तालाई आग्रह

दैलेख : नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवस मनाइएको छ । दिवसका अवसरमा पुष्पलालको सम्झना गर्दै आज विहान नेकपा दैलेखले बृक्षारोपण तथा श्रदाञ्जली सभा आयोजाना गरेको छ ।

श्रदाञ्जली सभामा बोल्दै प्रतिनिधि सभा सदस्य एवम नेकपा दैलेखका अध्यक्ष रबिन्द्रराज शर्माले पार्टिका सस्थापक महासचिव पुष्पलाल श्रेष्ठले देखाएको बाटोमा हिड्न नेतृत्वलाई आग्रह गरेका छन । उनले कम्युनिष्ट पार्टीलाई जनताले बिश्वास गरि झण्डै दुई तिहाई बहुमत दिएको स्मरण गर्दै कसैले कुर्नै पद पाएन भन्दै जनताले दिएको अभिमतको अवमुल्यन गर्न नुहने बताए ।

विशाल पार्टीमा धैरै नेता हुन्छन सबै नेताको एकै पटक व्यवस्थापन गर्न समस्या हुन्छ यो समय सबैले आ–आफ्नो क्षेत्रमा धैय राखेर सरकारलाई सहयोग गर्नु पर्ने बताए ।
वि.सं १९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठको कोखबाट रामेछापको भँगेरी गाउँमा जन्मिएका पुष्पलालको निधन २०३५ साउन ७ गते भारतको नयाँ दिल्ली अस्पतालमा भएको थियो । तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाले उनको शवसमेत नेपाल ल्याउन दिएको थिएन । वि।सं। १९९७ मा दाजु गंगालाललाई राणाशासन फाल्न लागेको आरोपमा गोली हानी हत्या गरिएपछि दाजुको अभियानलाई पूरा गर्नका लागि उहाँले राजनीतिक यात्रा शुरु गरेका थिए ।

सभामा पार्टिका प्रदेश कमिटि सदस्य मयाराम अधिकारी,सुर्य बहादुर शाही,गोपाल नेपाली,टेक बहादुर खाण, जिल्ला सचिवालय सदस्य तेज बहादुर चन्द,जिल्ला कमिटि सदस्य रुद्र शाही,यामनाराण उपाध्याय,जनक न्यौपाने,दुर्गा न्यौपाने अनेरास्ववियुका केन्द्रिय सदस्य नबिन यौगी,स्वबियु सभापति रेखा थापा लगायतको उपस्थिति रहेको थियो ।