Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

हाम्रो तेस्रोआँखा दैनिकले ग¥यो सहयोग


दैलेख :  दैलेखमा ९ बर्ष देखी नियमित  प्रकाशित भइरहेको हाम्रो तेस्रोआँखा राष्ट्रिय दैनिकले ब्योनम्यारो रोगबाट ग्रसित एक किशोरीलाई सहयोग गरेको छ । दैलेखको नारायण नगरपालिका वडा नः ६ बिजौरा घर भई काठमाडौँको शिभिल हष्पिटलमा उपचाररत उनलाई आर्थिक सहयोग गरेको हो ।

हाम्रो तेस्रो आँखा दैनिकको तर्फ बाट ३ हजार एक सय १ रुपैया शिखा कोइरालाको एनएमबि बैकमा रहेको खाता नः ००१०१२१५६४८०००१७ मा उक्त रकम जम्मा गरेको हाम्रो तेस्रोआँखा दैनिकले जानकारी दिएको छ । बिगत लामो सयम देखी ब्योनम्यारो रोग संग लडिरहेकी उनको मंगलवार ब्योनम्यारो ट्रान्सपलान्ट गरिएको छ । उनलाई उनकी बहिनी कल्पाना ब्योनम्यारो दिएकी छिन । अहिले उनीहरु दुबै बहिनीको अबस्था सामान्य रहेको परिवारले जानकारी दिएको छ ।