Loading... आजः शनिबार, साउन १६, २०७८
Trending

एक बुदे प्रस्ताव पारित गर्दै नेकपाको स्थायी कमिटी बैठक सकियो

काठमाडौ : नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सकिएको छ । मगलवार बसेको स्थायी कमिटि बैठकमा वर्षाका   कारण देशका विभिन्न ठाउँमा गएको बाढी पहिरो र डुबानका कारण मुलुक समस्यामा परेकाले प्राकृतिक विपतमा परेकाहरूको उद्धार र राहत व्यवस्थापनमा लाग्ने प्रस्ताव पारित गर्दै बैठक स्थगित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले अर्को बैठक एक सातापछि साउन १३ गते ११ बजे बस्ने जानकारी दिए ।

विहान ११ बजेका लागि बोलाइएको बैठक दुई घण्टा पछि सारेर १ बजे राखिएको थियो । तर बैठक निर्धारित समयभन्दा आधा घण्टा ढिलो गरी डेढ बजे बसेको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले बताए ।

दुई अध्यक्षबीचको वार्ताका कारण बैठक केही ढिलो हुन गएको उनले बताए । बैठकले वर्षाका कारण आएको प्राकृतिक विपत्तिमा परेका नागरिकको उद्धार, राहत वितरण र व्यवस्थापनमा जुट्न पार्टी पङ्तिलाई आव्हान गरेको छ । पार्टी प्रवक्ता श्रेष्ठकाअनुसार मनसुन शुरु भए यता यस वर्ष २३३ जनाको ज्यान गएको, ९८ जना बेपत्ता भएको, ९९ जना घाइते र २८२ घरमा क्षति भएको छ । बैठक आधा घण्टा बसेर स्थगित भएको थियो ।

error: Content is protected !!