Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

सोमबार थपिए १ सय ८६ कोरोना संक्रमित


काठमाडौ : सोमबार देशभर १ सय ८६ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍‍ जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित मुलुकभर हालसम्म १७ हजार ८ सय ४४ जना संक्रमित भएका छन्।

विगत २४ घण्टामा विभिन्न अस्पतालबाट १७३ जना कोरोनामुक्त भएका छन्। यीसहित हालसम्म ११ हजार ८ सय ६८ जना कोरोनाबाट निको भएका छन्। विगत २४ घण्टामा २७ प्रयोगशालाबाट ४ हजार २ सय १६ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।