Loading... आजः सोमवार, साउन १८, २०७८
Trending

सुवर्ण ज्वारचनले लिईन सांसदको शपथ

काठमाडौ :  प्रतिनिधि सभातर्फ रिक्त रहेको सांसद पदको गुल्मीका सुवर्ण ज्वारचनले आइतबार पद तथा गोपनीयताको शपथ लिइएकी छिन
प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले सिंहदरबारमा आयोजित कार्यक्रममा उनलाई शपथ खुवाएको उनका प्रेसविज्ञ श्रीधर न्योपानेले जानकारी दिए ।

नेपाली काँग्रेसका समानुपातिक सांसद ज्ञानकुमारी छन्त्यालको असार १७ गते निधन भएपछि सो पद रिक्त थियो । सांसदको निधन भएमा पार्टीले निर्वाचन आयोगमा बुझाएको सोही समावेशी समुह अन्तर्गत बन्दसूचीको पहिलो नम्बरमा रहेको व्यक्ति सांसद पाउने व्यवस्थाअनुसार ज्वारचन सांसद बनेकी हुन । काँग्रेसले बुझाएको बन्दसूचीको पहिलो नम्बरमा ज्वारचनको नाम उल्लेख थियो ।

error: Content is protected !!