Loading... आजः शुक्रबार, अशोज ८, २०७८
Trending

पुन स¥यो नेकपा स्थायी कमिटि बैठक

काठमाडौँ :  नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को स्थायी कमिटी बैठक पुनः सरेको छ । पार्टीका दुई अध्यक्षबीचको सहमति कायम गर्न थप समय लाग्ने भन्दै स्थायी कमिटी बैठक सारिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताए ।आाइतवार अपरान्ह ३ बजेका लागि तय गरिएको स्थायी कमिटी बैठक दुई दिन पछि सारिएको हो । सचिव ढकालकाअनुसार ६ गते मझ्गलबार ११ बजे बालुवाटारमा बैठक बस्नेछ । असार १० गतेदेखि शुरु भएको स्थायी कमिटी बैठक २० गतेदेखि निरन्तर स्थगित हुँदैआएको छ ।

शनिबार बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा दुई अध्यक्षले सहमति गरेरै पार्टीको आन्तरिक गतिरोध अन्त्य गर्ने विषयमा एकमत हुनुभएपछि सहमतिको प्रयासका लागि पुनः बैठक सारिएको छ ।

error: Content is protected !!