Loading... आजः आइतवार, माघ ४, २०७७
Trending

पहिरोले एक घर बगायो, ३ जनाको अवस्था गम्भीर

१३ घर उच्च जोखिममा

दैलेख :  ठाटिकाध गाउँपालिका ३ बिशाला खुडखुडीमा बिहीबार राति वर्षासँगै आएको पहिरोले १ घर बगाउँदा पुरिएका ३ जनाको उद्धार गरिएको छ। उद्धार गरिएका तीन जनाको अवस्था चिन्ताजनक रहेको गाउँपालिका ३ का वडाध्यक्ष कर्णबहादुर शाहीले जानकारी दिएका छन्। पुरिएका मध्ये बाबु र छोरासहित ३ जनाको अवस्था चिन्ताजनक रहेको अध्यक्ष शाहीले बताए। गाउँपालिकाका विभिन्न वडाहरूमा १३ घर उच्च जोखिममा रहेको स्थानीय हेमन्त दशौदीले जानकारी दिए। यता भैरवी गाउँपालिका ७ को डोक्कामा पहिरोले ९ घर उच्च जोखिममा रहेको स्थानीयले जानकारी दिएका छन्। साथै ३ घरका १५ जना विस्थापित भएका स्थानीय रामकृष्ण कठायतले जानकारी दिए।

error: Content is protected !!