Loading... आजः बिहिबार, बैशाख २०, २०८१
Trending

नेपालमा कोरोना संक्रमणको दर घट्दै बढ्दै


काठमाडौँ  : पछिल्लो २४ घण्टामा देशभर १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै घटेर दैनिक ७० को संख्यामा आइसकेकोमा पुन यो संख्या बढ्‍न थालेको हो।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार ३ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बिहीबार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको संख्या २ सय १३ जना रहेको जानकारी दिए। बिहीबारसम्म ११ हजार २ सय ४९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्।

मन्त्रालय प्रवक्ता डा जागेश्वर गौतमका अनुसार अहिले प्रदेश नम्बर १ मा ६७, प्रदेश नम्बर २ मा १ हजार ९ सय १५ र बागमती प्रदेशमा ४ सय २८ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन्। यस्तै गण्डकी प्रदेशमा ३ सय ८५, प्रदेश नम्बर ५ मा ४ सय ५८ कर्णाली प्रदेशमा ३ सय १९ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ८४ जना संक्रमित उपचाररत रहेका छन्।

बिहीबार पीसीआर विधिबाट विभिन्न २७ वटा प्रयोगशाला मार्फत ४ हजार ९ सय ८१ जनाको कोरोना परीक्षण भएको छ। आजसम्म पीसीआर विधिबाट ३ लाख ३ हजार ८ सय २० जनाको परीक्षण भएको छ। अहिले देशभरिका क्वारेन्टिनहरुमा २३ हजार ५ सय जना रहेका छन्। अहिलेसम्म कोरोनाबाट ३९ जनाको मृत्यु भएको छ।