Loading... आजः सोमवार, फाल्गुन १७, २०७७
Trending

लोकदोहोरी गित आधा माया बजारमा

 

दैलेख :  सुर्खेतकी चेली कर्णप्रिय स्वरकी धनी गायिका सुनिता बुढा क्षेत्री र बिक्रम परियारको आवाजमा रहेको ‘आधा माया’ बोलको गीत बजारमा आएको छ । प्रलाद सुवेदीको शब्द र बसन्त थापाको संगीतमा तयार भएको उक्त गीत स्रोता संगीतको अफिसीयल यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । ।

सुनिल क्षेत्रीले निर्देशन ,कृष्ण विक एरेञ्ज र आशिष अविरलको मिक्सिङ रहेको सो गीतलाई राग स्टुडियोमा रेकर्डिङ्ग गरिएको हो । अभिनेता दिलिप रायमाझी र ऐश्वर्य सुनुवारको उत्कृष्ट अभिनय र नृत्य देख्न सकिनेछ । उक्त गीतलाई नवराज उप्रेतिले छायांकन गरेका छन् भने अमृत चापागाईंले सम्पादन गरेका हुन् ।

error: Content is protected !!