Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

कर्णाली प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

 


दैलेख  :  कर्णाली प्रदेशमा आईतबार मात्र ४७ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश अस्पताल सुर्खेत, पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ४५ जना र चौरजहारी नगरपालिकाको पीसीआर प्रयोगशालामा २ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

नयाँ संक्रमित मध्य सुर्खेतका ४१, जाजरकोट १, बाँके १, दैलेख २ र रुकुम पश्चिमका २ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य महाशाखाका प्रमुख डा लक्ष्मी नारायण तिवारीले जानकारी दिए । योसँगै कर्णालीमा संक्रमितको संख्या १ हजार ६ सय ६३ पुगेको छ । त्यस्तै, कर्णालीमा ४७ जना कोरोना संक्रमणबाट निको भई घर फर्किएका छन् ।

आठबीस आइसोलेसन सेन्टर दैलेखबाट १ जना, सल्यान अस्पतालबाट ३४ जना र वीरेन्द्रनगर आइसोलेसन सेन्टरबाट १२ जना कोरोनामुक्त भई घर फर्किको डा। तिवारीको भनाई छ। योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या एक हजार ४ सय ५५ पुगेको छ ।

कर्णालीमा २ सय २ जना संक्रमितको विभिन्न अस्पताल र आइसोलेसनमा उपचार भइरहेको छ । प्रदेशमा हालसम्म ६ जनाको मृत्यु भइसकेको छ ।