Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

शुल्क लिएर कोरोना परीक्षणका गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

सुर्खेत :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्णाली प्रदेश अस्पताललाई शुल्क लिएर पीसीआर परीक्षण गर्न स्वीकृति दिएको छ । यसअघि यस्तो काठमाडौंका वीर, त्रिवि शिक्षण र पाटन अस्पताललाई मात्र दिइएको थियो । मन्त्रालयले बुधबार कर्णाली प्रदेश अस्पतालसहित ६ वटै प्रदेशका एक–एकवटा अस्पतालाई यस्तो सुविधा दिएको हो ।

पत्रमा सम्पूर्ण परीक्षणको २५ प्रतिशतमा नबढ्ने गरी ५ हजार ५ सय शुल्क लिएर परीक्षण गर्न स्वीकृति दिने उल्लेख छ । अस्पताल निर्देशक डा डम्बर खड्काले सरकारको यस्तो निर्णयले शंका लागेका वा अन्यत्र जान चाहनेले शुल्क तिरेर परीक्षण गरी ढुक्क हुन सक्ने बताए ।