देवकोटा चोकमा ह्याण्ड वासिङ मेसिन
दैलेख : कोरोनाको रेडजोन बन्दै गएको दैलेखमा पानी समेत मागेर खान नपाइने अबस्था पुगेपछि दैलेख सदरमुकाममा आउँने नागरिकका लागि नेपाल ईन्जिनियर्स एसोसिएसन कर्णाली प्रदेशको सहयोगमा दैलेखको देवकोटा चोकमा ह्याण्ड वासिङ मेसिन जडान गरिएको छ ।
नेपाल ईन्जिनियर्स एसोसिएसन कर्णाली प्रदेशको सहयोगमा मेसिन जोडिएको ईन्जिनियर महेश ढुङ्गानाले कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि दैलेख सदरमुकाम स्थित फुट अपरेटेड ह्याण्ड वासिङ मेसिन (खुट्टाले चलाउने हात धुने मेसिन) देवकोटा चोकमा उक्त मेसिन जोडिएको बताए ।
नारायण नगरपालिका वडा नं १ को मातहतमा रहनेगरि वडाअध्यक्ष तिर्थनारायण श्रेष्ठलाइ हतान्तरण गरिएको छ । मेसिनको अपनत्व ग्रहण गर्दै अध्यक्ष श्रेष्ठले यस्तो विषम परिस्थितीमा नेपाल ईन्जिनियर्स एसोसिएसन कर्णाली प्रदेशले जनताको समस्या र भावनाको कदर गर्दै र कोरोना संक्रमणको जोखिमलाई न्युनीकरण गर्न सहयोग गरेको भन्दै धन्यबाद दिएका छन ।