Loading... आजः बिहिबार, बैशाख २३, २०७८
Trending

लायन्स क्लब अफ दुल्लुको वार्षिक उत्सवमा बृक्षारोपण


दैलेख :  लायन्स क्लब अफ दुल्लु ,दैलेखले आफ्नो पहिलो वार्षिक उत्सवको अबसरमा वृक्षारोपण कार्यक्रम गरिएको छ । दुल्लु नगरपालिकामा सामाजिक एबम रचनात्मक कार्यहरु गर्दै आइरहेको लायन्स क्लवले आफ्नो पहिलो वार्षिकउत्सवको अबसरमा पनि द्रोणचल क्याम्पस दुल्लुको परिसर एबम दुल्लु नगरपालिकाको कार्यलय परिसरमा पनि सुन्तला,किमु,लगायतका बोटबिरुवा लगाएको लायन्स क्लब अफ दुल्लुका स्वास्थ्य निर्देशक लायन कपिल खनालले जानकारी दिए ।

बृक्षारोपण कार्यक्रम लायन्स क्लब अफ दुल्लुका अध्यक्ष लायन्स नारायण प्रसाद उपाध्यायको अध्यक्षमा र दुल्लु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री ज्ञानमणि नेपालको विशेष आतिथ्यमा बृक्षारोपण कार्यक्रम गरिएको थियो । वृक्षारोपण कार्यक्रममा लायन्स क्लब अफ दुल्लुका प्रथम उपाध्यक्ष लायन्स चन्द्र पोख्रेल,सचिब लायन्स जनक बुढा ,कोषाध्यक्ष लायन्स तिर्थ कार्की ,लायन्स कृष्ण पाण्डे ,लायन्स शुसिला मिश्र ,लायन्स राजु भुज,लायन्स शमशेर शाही ,लायन्स मिलन सिङ कुमाल,लायन्स सुर्यप्रसाद रिमाल ,लायन्स नरेन्द्र कार्की,लायन्स नरेन्द्र बोहरा लगायत अन्य लायन्स क्लब सङग सरोकार राख्ने ब्यक्तिहरुको उपस्थित रहेको थियो ।

error: Content is protected !!