Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

एकताबद्ध भएर अगाडी बढ्न पार्टीलाई युवा बिद्यार्थीको आग्रह


दैलेख  : नेकपामा देखिएको विदादको विषयलाइ लिएर पार्टीलाई एकतबद्ध हुन दैलेखका युवा विद्यार्थीले पार्टीलाई आग्रह गरेका छन । मगलवार गरिएको दवाव मुलक कार्यक्रममा हामी एकताको पक्षमा छौँ, जनपक्षीय नेकपाको पक्षमा छौँ, पार्टी पद्धतिमा चल्नु पर्छ, नीति प्रधान हो नेता प्रधान होइन, राजनीति स्थायित्व कायम हुनुपर्छ, फुटेर होइन जुटेर अघि बढौँ, हामिलाई एकताबद्ध नेकपा चाहिन्छ लगायतका प्लेकार्ड बोकेर नेकपा दैलेखका नेताहरुलाई ज्ञापन पत्र समेत बुझाइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेपाल (नेकपा ) का अध्यक्षलाई सम्बोधन गरि केन्द्रिय कार्यालय धुम्वाराहीलाई नेकपा दैलेखमार्फत नेतृत्वलाई एकताको पक्षमा दवाव दिने उद्देश्यले ज्ञापनपत्र बुझाएको छ अनेरास्ववियुका जिल्ला सह सयोजक हेमन्त दशौदीले जानकारी दिए । युवा बिद्यार्थीले दिएको ज्ञापन पत्र बुझ्दै नेताहरुले नेकपामा देखिएको बिवादले सम्पुर्ण पार्टी कार्यकर्ता, जनवर्गीय संगठन, पार्टी सदस्य र शुभचिन्तक तथा आम नागरिकलाई निरासा बनाएकोे भन्दै पार्टीका नेताहरुले पदको भन्दा पनि जनताको भावना अनुसरा अगाडी बढ्नु पर्ने बताएका छन ।