Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

एक सय १४ जनाको पिसिआर गर्दा ९ जनामा कोरोना संक्रमण

दैलेख :  कर्णाली प्रदेशमा सबै भन्दा कोरोना संक्रमण देखिएपछि कोरोनाको हटस्पट बन्दै गएको दैलेखमा शुक्रवार थप नौ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखको पिसिआर प्रयोगशालामा १ सय १४ जनाको पिसिआर परीक्षण गर्दा नौ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य सेवा कार्यालय दैलेखले शुक्रवार जारी गरेको बिज्ञप्तीमा प्रयोगशालामा १ सय १४ जनाको परीक्षण गरिएमा ९ जनाको रिपोर्ट पोजेटिभ आएको र ९५ जनाको रिपोर्ट नेगेटिभ आएकोमा १० जनाको स्वाब पुन परीक्षण गर्दा पनि पोजेटिभ आएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ। दैलेखमा हालसम्म कोरोना संक्रमितको संख्या ७ सय ८० पुगेको छ भने ६ सय ८३ जनाले कोरोना जितेर डिस्चार्ज भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन थिरप्रशाद रेग्मिले जानकारी दिए । दैलेखमा कोरोनाका बिरामी दिन दिनै बढ्दै गएपछि निर्वाचन क्षेत्र नं. १ का संघीय सांसद रवीन्द्रराज शर्माको पहलमा दैलेखमा पिसिआर मेसिन ल्याइएको थियो। अहिले उक्त मेसिनबाट जिल्लामा कोरोना परीक्षण हुँदै आएको छ।