Loading... आजः सोमवार, माघ २८, २०८१
Trending

कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुग्यो


काठमाडौ  :  कोरोना भाइरस कोभिड–९० सङ्क्रमितको सङ्ख्या १३ हजार २४८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा: जागेश्वर गौतमले सोमबार पछिल्लो २४ घण्टामा देशभर थप ४६८ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिए । सोमवार संक्रमित भएकामा ११२ महिला र ३६४ जना पुरुष रहेका छन् । योसँगै निको हुने तीन हजार १३४ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १३ महिला र पुरूष १०८ जना डिस्चार्ज भएका छन्।  क्वारेन्टाइनमा ५७ हजार ३६८ र आइसोलेसनमा दशहजार ८५ जना रहेका छन् ।