Loading... आजः बिहिबार, कार्तिक ४, २०७८
Trending

दैलेखमा ३५ प्रतिशत रोपाई

दैलेख  :  दैलेखमा जेठको २५ गते देखि सुरु रोपाइ अहिले सम्म ३५ प्रतिशत रोपाई भएको छ । कृषि विकास कार्यालय दैलेखले दिएको जानकारी अनुसार यो बर्ष समयमै रोपाइ सुरु भएका कारण असारको १५ गते सम्म ३५ प्रतिशत रोपाइ सकिएको जनाएको छ । कृषि विकास कार्यालय दैलेखका निमित्त कार्यलय प्रमुख तिलक पाण्डेले दैलेखमा ३५ प्रतिशत रोपाई सकिएको बताए । उनले गत वर्ष भन्दा यो बर्ष छिटो बर्षा भएका कारण रोपाई छिटै सुरु भएको बताए । बर्षा संर्ग यो बर्ष सिचाईका योजनाहरु पनि संचालन भएका र सिचाई हुने स्थानका रोपाईहरु छिटो भएपछि यो बर्ष धान रोपाईको प्रतिशत बढि भएको जानकारी दिए ।
दैलेख जिल्लाभरीमा ८३ हजार ७ सय हेक्टर जमिनमा धान खेति गरिँदै आएको भएपनि यो बर्ष कोरोना भाइरस संक्रमणका कारण भारत बाट नागरिकहरु फर्किएका कारण पनि धानखेती गर्ने हेक्टर बढ्ने कृषि विकास कार्यालय दैलेखले जनाएको छ । सोमवार नारायण नगरपालिका दैलेखको वडा नः १ को गहतारीमा दैलेखमा धान दिवस समेत मनाइएको छ । यो वर्ष कोरोना कहरका कारण बृहत कार्यक्रम संचालन नभएपनि नारायण नगरपालिका वडा नः १ मा धान दिवस मनाइएको छ ।

error: Content is protected !!