Loading... आजः शनिबार, साउन १६, २०७८
Trending

नेपालमा कोरोना संक्रमण बाट २८ जनाको मृत्यु

काठमाडौँ :  नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भरतपुर अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएको जानकारी दिएको हो । शनिबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा‍। जागेश्वर गौतमले मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुष रहेको जानकारी दिए । उनी फोक्सोको क्यान्सरको बिरामी रहेका थिए ।

चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारका क्रममा उनमा कोरोना पुष्टि भएपछि भरतपुर अस्पतालको आइसोलेसन सेन्टरमा सारिएको थियो । भरतपुर अस्पतालमा उपचारका क्रममै शनिबार बिहान उनको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

error: Content is protected !!