सर्लाहीमा देखियो सलह किरा
सर्लाही : सर्लाहीमा सलह किराको झुण्ड देखिएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका १ नवलपुर बजार छेउमा रहेको तेलबाली अनुसन्धान कार्यक्रमको जमिनमा लगाइएको विभिन्न बालीमा शनिबार बिहान सलह किरा देखिएको हो। बिहान फिल्ड भिजिट गर्ने क्रममा बदाम ,धानको बेर्ना लगाएतमा सलह किराले झ्याप्पै छोपेको देखियो, तेलबालीसँगै अनुसन्धान कार्यक्रमका संयोजक वरिष्ठ बैज्ञानिक डा विशेश्वर प्रसाद यादवले जानकारी दिए।
सँधै बिहान र बेलुका फिल्ड भिजिट गर्ने गरिएको छ, हिजो अस्ति देखिएको थिएन, आज बिहान एक्कासी देखियो। सलह किरा हजारौंको संख्यामा रहेको समेत डा यादवले बताए। कृषि ज्ञान केन्द्र सर्लाहीका निमित्त प्रमुख देवानन्द राय यादवले सर्लाहीमा सलह किरा आएको बरेमा तेलवाली अनुसन्धान केन्द्रबाट जानकारी आएको छ। हामी त्यसतर्फ जाँदैछौँ । तत्काल फिल्डतिर गएर सलह किरा हो कि हैन भन्ने कन्फर्म गर्ने प्रयासमा छौं।’ यादवले भने। सर्लाहीमा सलह किरा देखिएको चर्चासँगै जिल्लाका किसान चिन्तित बनेका छन्।