Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

दैलेखमा समुदायमा फैलियो कोरोना

 


कमल शर्मा
कर्णाली प्रदेशको दैलेखमा कोरोना भाइरसको सङ्क्रमण समुदाय स्तर सम्म पुगेको छ । यस अघि भारत बाट आएका नागरिकहरूमा मात्र देखिएको कोरोना भाइरसको सङ्क्रमण पछिल्लो समय समुदायका नागरिकमा पनि देखिएको छ । दैलेखका दुई जना स्वास्थ्यकर्मी र एक जना नगरपालिका कर्मचारी र एक जना गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिए सँगै समुदाय स्तरमा कोरोना सङ्क्रमण पुगेको हो ।
दैलेखका एक स्थानीय तहमा स्टोर किपरमा काम गर्ने कर्मचारीमा कोरोना सङ्क्रमण देखिए पछि उनी उपचारका लागि आइसोलेसनमा बसेका छन् । कोरोना प्रति कार्यमा लागेको कर्मचारी र स्वास्थ्यकर्मीमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन थीर प्रसाद रेग्मीले बताए ।उनले उच्च जोखिममा रहेर काम गर्ने कोहीलाई कोरोना सङ्क्रमण देखिएको बताउँदै आरडिटि परीक्षण गरेर घर फर्काएकाहरूमा पनि कोरोना पोजेटिभ देखिए सँगै समुदायमा पनि कोरोना सङ्क्रमण पुगेको अनुमान गरिएको छ दैलेखका ११ स्थानीय तहमा ६८९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखले असार ५ गते दिएको सूचना अनुसार नारायण नगरपालिका दैलेखमा एक ९९ जना,दुल्लु नगरपालिकामा एक जना स्वास्थ्यकर्मी र एक जना नगरपालिकाका कर्मचारी गरी ७४ जना,चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ३ जना,आठबिस नगरपालिकामा २१ जना ठाटिकाँध गाउँपालिका दैलेखमा ३ जना,भैरवी गाउँपालिकामा १२ जना,महावु गाउँपालिकामा १ सय ५० जना,नौमुले गाउँपालिकामा १ सय ४१ जना, भगवतिमाई गाउँपालिकामा ११ जना,डुगेश्वर गाउँपालिकामा ६८ जना,गुराँस गाउँपालिकामामा ७ जना गरी ६ सय ८९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । अहिले सम्म दैलेखमा कोरोना जितेर ३सय३४ जना घर फर्किएका छन् ।

आरडिटि परीक्षण गरेर घर पठाउँदा समस्या

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पटक पटक गर्ने निर्देशनका कारण अहिले स्थानीय तह समस्या परेका छन् । स्वास्थ्यकर्मीकै अनुसार अविश्वसनीय मानिएका आरडिटी गर्दै क्वारेनटाइनबाट घर पठाउँदै गरिएकाले समुदायमा कोरोना सङ्क्रमण फैलने हो कि भन्ने चिन्ताले आफूहरूलाई पिरोल्न थालेको सम्बन्धित निकायका प्रतिनिधिले गुनासो गरेका छन् । जिल्लाका नारायण र दुल्लु नगरपालिकाले अविश्वसनीय आरडिटी परीक्षण दोहोरो दबाबमा गरिएको तर यसले त्रासको सुई भने झन् चढेको भन्दै स्थानीय सरकार प्रमुखले बताएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आरडिटी परीक्षण गरेर घर पठाउन निर्देशन दिएको र स्थानीय क्वारेनटाइनमा बसेकाहरूले आन्दोलन थालेपछि ती नगरपालिकाले १४ दिन क्वारेनटाइनमा बसेकाहरूलाई परीक्षण गर्दै नेगेटिभ आएकाहरूलाई घर पठाउन थालेका थिए। केन्द्रबाट निर्देशन आएपछि आरडिटी पोजेटिभ आएका व्यक्तिहरूलाई पनि नगरपालिकाले होम आइसोलेसनमा राख्ने भन्दै पठाएको थियो। तर पछि पिसिआर परीक्षण गर्दा उनीहरुमा धमाधम पोजेटिभ आउन थालेपछि उनीहरूलाई गाउँमा खोज्न सुरक्षा कर्मी परिचालन गर्नु प¥यो । भारतबाट घर फर्किएकाहरू बढेपछि नारायण नगरपालिकाले नारायण क्याम्पस र नारायण माविको क्वारेनटाइनमा रहेकाहरूको आरडिटी गरी ८ सय २२ जनालाई घर पठाएको थियो। तर यसरी क्वारेनटाइन बसी घर गएकाहरूमा जेठ २४ गते एकै पटक १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको रिपोर्ट आयो। यी मध्ये आरडीटी नेगेटिभ भनी घर पठाइएका ८७ जना थिए उनीहरूमा पनि कोरोना पोजेटिभ आएपछि जनप्रतिनिधि र सुरक्षाकर्मीले पुन क्वारेनटाइनमा ल्याएर राख्नु पर्ने अवस्था आएको उनीरुको भनाई छ । स्थानीय जानकार आरडिटि गरेर घर पठाउनु नै समुदायमा कोरोना फैलने प्रमुख कारण भएको बताएका छन् । केही दिन अघि क्वारेनटाइनमा रहेका एक जना भागेर स्वास्थ्य सेवा कार्यालयमा उपचार गर्न गएपछि इमरजेन्सी सेवा समेत बन्द गरिएको थियो । दुल्लु अस्पतालका डाक्टर पूजा बिसीले कोरोना सङ्क्रमणको अग्र पन्थीमा रहेका कर्मचारीमा देखिनु स्वाभाविक भए पनि नगरपालिकाका कर्मचारीमा कोरोना देखेपछि समुदायमा कोरोना फैलिएको अनुमान गर्न सकिन्छ ।

स्वास्थ्य सेवा कार्यालयको गम्भीर त्रुटि

दुई हप्ता अघि सामाजिक विकास मन्त्रालय सुर्खेतले दुई हप्ता अघि दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका एक जनामा कोरोना सङ्क्रमण भएको पुष्टि ग¥यो । स्थानीय युवाले चामुण्डाबिन्द्रासैनी नगरपालिका कोरोना सङ्क्रमण हुन नसक्ने भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेपछि सामाजिक विकास मन्त्रालयले पछिल्लो दिनको कोरोना अपडेट दिने विज्ञप्तिमा भुलवश चामुण्डाबिन्द्रासैनी नगरपालिकामा कोरोना सङ्क्रमण भएको भन्ने विज्ञप्ति प्रकाशन गरेपछि सामाजिक विकास मन्त्रालयको आलोचनामा परेको थियो । असार ४ गते बिहीबारसम्म जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ७ सय २१ पुगेको विवरण स्वास्थ्य सेवा कार्यालय दैलेखले सार्वजनिक गरेको भए पनि असार ५ गते शुक्रवार ६ सय ८९ जना मात्र कोरोना सङ्क्रमित रहेको विवरण सार्वजनिक गरेको ग¥यो । स्वास्थ्यले असार ४ गते सार्वजनिक गरेको विवरण अनुसार असार ५ गते शुक्रवार सम्म दैलेखका ३२ जना कोरोना सङ्क्रमित हराएका छन्। विवरण अनुसार ४ गते बिहीबारसम्म नारायण नगरपालिकामा १ सय ९९ कोरोनाका बिरामी रहेको उल्लेख गरिएको छ । यस्तै दुल्लु नगरपालिकामा ७४ जना, चामुण्डा बिन्द्रासैनी नगरपालिकामा ३ जना, आठबीस नगरपालिकामा २१ जना ठाटिकाध गाउँपालिकामा ३ जना, भैरवी गाउँपालिकामा १० जना, महाबु गाउँपालिकामा १ सय ८४, जना नौमुले गाउँपालिकामा १ सय ४१ जना रहेको उल्लेख गरिएको छ। यस्तै भगवतीमाई गाउँपालिकामा ११ जना, डुंगेश्वर गाउँपालिकामा ६८ जना, गुराँस गाउँपालिकामा ७ जना, सङ्क्रमित रहेको उल्लेख गरिएकोमा असार ५ गते शुक्रबारको विवरणमा बाँकी ३२ जना छैनन् । स्वास्थ्य सेवा कार्यालय दैलेखले महावु गाउँपालिकामा पिसिआर परीक्षण गर्दा दुई वटा फर्म परेको भन्दै सूचना सच्याएको छ । कोरोना फोकस पर्सन थीर प्रसाद रेग्मीले दुई चरण पठाएको रिर्पोट एकै भएका कारण कोरोना सङ्क्रमितको सख्यामा तलमाथि परेको स्वीकार गरेका छन् ।

पिसीआर परीक्षण १० गते देखी सञ्चालन गर्ने तयारी

दैलेखमा कोरोना सङ्क्रमण बढ्दै गएपछि दैलेखमा पिसिआर मेसिन खरिद गरेर ल्याइएको छ । दैलेख निर्वाचन क्षेत्र न ः १ का प्रतिनिधि सभा सांसद रविन्द्र शर्माको पहलमा पिसिआर मेसिन खरिद गरे दैलेखमा ल्याइएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ । प्रत्यक्ष निर्वाचित सांसदले खर्च गर्न पाउने निर्वाचन क्षेत्र पुर्बधार विकास कार्यक्रम मार्फत ६ करोड रकम मध्ये एक करोड ८ लाख रकम मसिन खरिद गर्ने निर्णय गरिएको थियो ।
निर्वाचन क्षेत्र पर्बुधार विकास कार्यक्रम मार्फत प्रतिनिधि सभा सांसद शर्माले नेपालगन्ज सुर्खेत दैलेख हुँदै मुगुको नाम्चेनाग्ला सम्म जोड्ने सडकको महावु सडक खण्डमा उक्त बजेट खर्च गर्ने घोषणा गरेका थिए । सडकमा खर्च गर्ने निर्णय बमोजिम नारायण नगरपालिका दैलेखले ६ करोड रुपैयाँलाई ती टुक्रामा विभाजन गरेको थियो । नारायण नगरपालिका दैलेखका नगर प्रमुख रन्त बहादुर खड्काले सडक निर्माणमा खर्च गर्ने भनेको रकम योजनालाई कन्भट गरेर पिसिआर मेसिन खरिद गर्नु परेको बताए ।
प्रतिनिधि सभा सांसद रविन्द्र शर्माले दैलेखमा कोरोना सङ्क्रमण दैनिक रुपमा बढेको र क्वारेनटाइनमा बसेकाहरू स्वास्थ्य परीक्षण गर्नु पर्ने माग राख्दै आन्दोलन गर्न थालेपछि पिसिआर मेसिन र आवश्यक चिकित्सकको टोली ल्याएर दैलेखमा पुगेको बताए । उनले पिसिआर मेसिन जडान सकेर १० गते देखी पूर्ण रूपमा परीक्षण थालिने बताए ।  पिसिआर परीक्षणका लागि दैलेख आएका ल्याब प्रमुख सुरज बहादुर शाहीले मेसिन जडान जोडेपछि परीक्षण कार्य सुरु हुने बताए । उनले पहिलो परीक्षण गरिएको रिर्पोटको भेरी अञ्चल अस्पतालमा पुन परीक्षणका लागि पठाउने र त्यहाँ बाट रिर्पोटको भेरी फाई भएपछि यही बाट रिर्पोट दिने तयारी गरेको बताए ।

५१ शय्याको अस्पताल निर्माणको अन्तिम चरणमा

दैलेखमा कोरोना सङ्क्रमण दैनिक दुई अङ्कमा बढ्दै जान थालेपछि दैलेखमा कोरोना सङ्क्रमण पुष्टि भएकाहरूको उपचारमा सहजता ल्याउने उद्देश्यले निर्माण थालिएको आइसोलेसन अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ । कर्णाली प्रदेश सभा सदस्य अमर बहादुर थापाले प्रदेश सांसदले खर्च गर्न पाउने निर्वाचन क्षेत्र विकास कार्यक्रम मार्फत रकमान्तर गरेर सुरु गरेको आइसोलेसन अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको हो । कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिए पछि दैलेख आएका कर्णाली प्रदेश सभा सदस्य अमर बहादुर थापाले दैलेखमा आइसोलेसन अस्पताल निर्माण गर्ने र १३ दिन अस्पताल निर्माण गर्ने बताएका थिए । करिब दुई साता अघि निर्माण सुरु गरेको अस्पताल निरीक्षण गर्दै १० गते अस्पतालको शिलान्यास गर्ने तयारी गर्न निर्माण कम्पनीलाई आग्रह समेत गरेका छन् ।