Loading... आजः आइतवार, फाल्गुन १३, २०८०
Trending

दैलेखका थप १९ जनामा कोरोना संक्रमण पुष्टि


दैलेख  :  दैलेखका थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेत स्थित पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परिक्षणमा थप १९ जनामा संक्रमण देखिएको हो।

भैरवी गाउँपालिकाका तीन, गुराँस गाउँपालिकाका एक, महाबु गाउँपालिकाका १२, नौमूले गाउँपालिकाका एक र नारायण नगरपालिकामा दुई जनामा कोरोना संक्रमण देखिएको हो। योसँगै दैलेखमा कोरोना संक्रमितको संख्या ७ सय ८ जना पुगेको छ।

दैलेखमा कोेरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरिसकेको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड–१९ फोकल पर्सन थीरप्रसाद रेग्मीले बताए। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय तहका कर्मचारीमा कोरोना संक्रमण देखिएको रेग्मीले बताए।