Loading... आजः सोमवार, माघ १२, २०७७
Trending

गुहँ उत्पादन घट्यो

दैलेख :  दैलेखमा यो बर्ष गहुँ उत्पादन घटेको छ । कृषि विकास कार्यालय दैलेखले दिएको जानकारी अनुसार जिल्लामा ९ प्रतिशत उत्पादनमा हस आएको जानकारी दिएको छ । दैलेख जिल्लाभरिमा १३ हजार ६ सय ५० हेक्टर जमिनमा गहुँ खेती गरिएको थियो । कृषि विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख तिलकप्रसाद पाण्डेले १३ हजार ६ सय ६३ मेट्रिक गहुँ उत्पादन भएको र गत वर्षको तुलनामा यो वर्ष ९ प्रतिशतले गुहा उत्पादनमा कमी आएको बताए । उनले गहुँ भित्राउने समयमा असिना परेका कारण किसानले सयममै गहुँ भित्राउन नसकेपछि उत्पादनमा कमी आएको बताए । गहुँ सँगै लगाएको अन्य तोरी,मुसुरो लगायतका तेलहन तथा दलहन बालीमा समेत उत्पादनमा ह्रास भएको जानकारी दिएको छ ।

error: Content is protected !!