कोरोना कहरमा दैलेखमा सुरुभयो रोपाई (फोटा फिचर)
दैलेख : फैलिदो कोरोना भाइरसको जोखिमका बिच पहाडी जिल्ला दैलेखका कृषकले बर्षेवाली धान रोपाई सुरु गरेका छन । कोरोना भाइरस सक्रमण बाट बच्न सरकारले गरेको लकडाउनको ८२ औ दिन पुगेको भएपनि दुर्गम गाउँका कृषकको दिनचर्यामा कुनै असर पारेको छैन । दैलेखको नौमुले गाउँपालिका,भगवतिमाई गाउँपालिका, आठबिस नगरपालिका लगायतका स्थानीय तहमा सिचाई सुविधा भएका ठाउँमा कृषहरु खेतमा रोपाइ सुरु गरेका हुन । नौमुले गाउँपालिका वडा नः ५ का दल बहादुर राम्जालीले नियमित बर्षा र पानीको सुविधा भएपछि रोपाई गर्न थालेको बताए । उनले जिल्लामा कोरोना भाइरस संक्रमणका सन्त्रासका बिचमा पनि रोपाई सुरु गर्नु परेको बताए । उनले नौमुले गाउँपालिकामा शनिवार सम्म १० जनामा कोरोना संक्रमण पुष्टि भएको र गाउँपालिकामै राखी उपचार गरिरहेको अबस्थामा त्यही नजिक रोपाई सुरु गर्दा समस्या भएको बताए ।
भगवतिमाइ गाउँपालिका वडा नः २ का कृषक दिपक उपाध्यायले नियमित बर्षा संगै पानीको सुविधा भएपछि रोपाई सुरु गरेको बताए । उनले कोरोनाको डर भएपनि भौतिक दुरी र स्वास्थ्य सर्तकता अपनाएर रोपाइ गर्न थालेको बताए । उनले भने गाउँमा पैसा भन्दा पनि अर्मपर्म गरेर रोपाई गर्ने चलन छ । तर बिगतमा जस्तो सजिलै मानीसकहरु रोपाई गर्न आउन मान्दैन्न ।
भगवतिमाई गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले रोपाई गर्दा पनि सामाजिक दुरी कायम गर्न आग्रह गरिएको बताए । उनले स्थानीय सरकारको तर्फ उनीहरुलाई सजक गर्ने काम गरेका छौ कृषकले पनि त्यही अनुसार गरेको भए सहज वातारण सिर्जना हुने बताए ।