Loading... आजः आइतवार, चैत्र ९, २०८१
Trending

महामारीको बिचमा आधारभुत स्वास्थ्य केन्द्रको उद्दघाटन


दैलेख : विश्वमा फैलिएको कोरोना भाइरस संक्रमण कारण स्वास्थ्य संस्थामा आउँन नसकेको नागरिकहरुलाई सेवा दिने उद्देश्यले नारायण नगरपालिका वडा नः १ को कुईकानामा आधारभुत स्वास्थ्य केन्द्रको उद्दघाटन गरिएको छ । नेपाल सरकारको नीति अनरुप स्वास्थ्य सस्था नभएका वडाहरुमा स्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने लक्ष्य अनुरुप उक्त आधारभुत स्वास्थ्य केन्द्रको स्थापना गरिएको हो ।

बन्दाबन्दिको समयमा सामान्य स्वास्थ्य सेवा लिन सदरमुकामको अस्पताल आउनु पर्ने बाध्यात्मक अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सेवाको कम पहुच भएका ठाउलाई प्राथमिकता दिएर सेवा केन्द्र स्थापना गरिएको नारायण नगरपालिका वाड न १ का वडा अध्यक्ष तिर्थ नारायण श्रेष्ठले बताए । उनले बन्दाबन्दिको समय र अर्को कोरोनाको महामारीका बेला सरकारले कोरोना भाइरस संक्रमण बाट बच्नका लागि सामान्य विरामी भए अस्पताल नआउने निर्देशन दिए बमोजीम नागरिकहरु अस्पताल पनि आउन सक्ने वाताबरण सिर्जना भएपछि बन्दाबन्दीको समयमा नै आधारभुत स्वास्थ्य केन्द्र स्थापना गरेको बताए । उनले दिएको जानकारी अनुसार आधारभुत स्वास्थ्य केन्द्र स्थापना भए संर्ग त्यहाका आठ सय भन्दा बढि नागरिकले सहज स्वास्थ्य सेवा पाउने छन ।

नारायण नगरपालिका स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र हमालले सेवा केन्द्रले आधारभुत उपचार सेवाहरूमा परिवार नियोजन सेवा,सुरक्षित मातृित्व सेवा,गर्भवती सेवा,खोप सेवा,बिरामि उपचार सेवा,लगायत अन्य स्वास्थ्य शिक्षाका सेवा सुबिधाहरू प्रदान गर्ने बताए । उनले
स्वास्थ्य निर्देशिका अनुसार सेवा केन्द्रमा करारमा हेल्थ असिस्टेन्ट या अहेब १ जना,स्टाफ नर्श या अनमि १ जना र कार्यालय सहयोगि १ जना करारमा कर्मचारि राख्ने प्राबधान भएपनि कर्मचारिको छनौट प्रक्रिया नटुङ्गिने बेलासम्म नारायण नगरपालिका स्वास्थ्य शाखामा फाजिल भएकी सि अहेब टीका कुमारि थापालाई सो सेवा केन्द्रमा काम गर्ने खटाईएको बताए । स्थानीय नागरिकले आफ्नो स्वास्थ्यको ख्याल गरी स्वास्थ्य केन्द्र स्थापना गरेको भन्दै वडा अध्यक्ष र सबै सरोकारवाला निकायलाई धन्यबाद दिएका थिए ।