Loading... आजः शुक्रबार, अशोज ८, २०७८
Trending

कर्णालीमा कोरोना संक्रमितको सख्या एक हजार ७७ पुग्यो

दैलेखमा सबै भन्दा बढि संक्रमित

दैलेख :  कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । सोमवार मात्रै नयाँ ११० जना संक्रमित थपिएपछि कर्णालीमा कूल संक्रमितको संख्या एक हजार ७७ पुगेको छ । प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १०७ जना र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा तीन जना थप भएपछि कूल संक्रमितको संख्या एक हजार ७७ पुगेको हो ।
सामाजिक विकास मन्त्रालयले सोमवार जारी गरेको सूचना अनुसार दैलेखमा ९१ जना र सुर्खेतमा १९ जना थपिएका छन् । मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले संक्रमित सवै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जानकारी दिए । उनले संक्रमितको सख्या सबै भन्दा बढि दैलेख जिल्लामा ६ सय २९ जना र सुर्खेतमा ३ सय ३१ पुगेको जानकारी दिए । त्यसपछि सल्यानमा १३७, कालीकोटमा २८, जुम्लामा २४, जाजरकोटमा आठ, मुगुमा दुई, हुम्ला र डोल्पामा एक÷एक जना संक्रमित फेला परेका छन् । रुकुम पश्चिममा भने अहिलेसम्म संक्रमित फेला परेको छैन । १६ जना अन्य प्रदेशका रहेका छन् । कूल संक्रमितमध्ये पुरुषको संख्या ९९८ र महिलाको संख्या ७९ जना रहेका छन् ।
१५१ जना निको भएर फर्किए
सोमवारसम्म कर्णाली प्रदेशमा कोरोनाको उपचारबाट निको भएर जानेको संख्या १५१ पुगेको छ । कालीकोट अस्पतालबाट २५ जना, प्रदेश अस्पतालबाट २३ जना, लेकबेसी आइसोलेशन सेन्टर सुर्खेतबाट नौ र दैलेख अस्पताल र दल्लु अस्पताल बाट ३७ जना गरी कुल १५१ जना संक्रमित निको भएर घर फर्किका छन् । यस्तै कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।

error: Content is protected !!