Loading... आजः बुधबार, बैशाख ५, २०८१
Trending

पहिरोमा परेर ३ को मृत्यु ६ जना बेपत्ता


पर्वत  : पर्वतको कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङमा गए राती गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ भने छ जना वेपत्ता छन् । शनिबार भीषण वर्षा सहित खसेको पहिरोले स्थानीय तुलबहादुर थापा र कमला विकको घर पुरेको थियो । कुश्मा नगरपालिका वडा नं। ३ का वडा अध्यक्ष तेजप्रसाद पाध्याका अनुसार राती दुई बजेसम्म तुलबहादुर थापा, उहाँकी श्रीमती नीलकुमारी थापा र छोरीतर्फकी नातिनी १० वर्षीय विविशा थापाको शव भेटिएको जानकारी दिए । राती पनि वर्षा भएको र अध्यारोका कारण खोजी कार्य गर्न कठिन भएकाले बिहानैदेखि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सक्रियतामा खोजीकार्य जारी राखिएको अध्यक्ष उपाध्याले बताए ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी विश्वराज अधिकारीले राती दुई बजेसम्म खोजी गर्दा तीन जनाको शव भेटिएका र बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको टोली उद्धारमा खटिएको जानकारी दिए । स्थानीयका अनुसार दुई घरमा रहेका तुलबहादुरका छोरा, दुई नाति र कमला विकको घरका उनी सहित तीन जना वेपत्तँ रहेकाले खोजी कार्य जारी राखिएको छ ।