परीक्षणकाे रिर्पोट नआएको भन्दै आन्दोलित
दैलेख : नारायण नगरपालिका वडा नः १ मा रहेको त्रिभुवन उच्च माध्यामिक विद्यालयमा निर्माण गरेको आइसोलेसन र क्वारेन्टानमा आरडिटि पोजेटिभ र पिसिआर पोजेटिभ स्थानीयले आफुहरुको कोरोना परीक्षणको रिर्पोट ढिला आएको भन्दै आन्दोलन गरेका छन । क्वारेन्टान र आइसोलेसनमा बेसेको एक महिना भइ सक्दा समेत स्वास्थ्य परीक्षण गर्न ढिला गरेको भन्दै आन्दोलन गरेपछि प्रहरी संग झडप समेत भएको छ । झडप हुँदा ४ जना सामान्य घाइते भएका छन ।
आइसोलेसनमा बसेकाहरु स्वास्थ्य पुन स्वास्थ्य परीक्षणको रिर्पोट ढिला आएको भन्दै घर तिर जान थालेपछि प्रहरीले उनीहरुलाई सामान्य बल प्रयोग गरेको थियो । प्रहरीलाई समेत उल्टै गालि गर्ने र घर तिर जान थालेपछि स्थिति सामान्य लिन प्रहरीले लठि चार्च गर्नु परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
जिल्ला प्रहरी प्रमुख ( डिएसपी) हरि बहादुर वलीले आइसोलेसन र क्वारेन्टानमा बसेका छन उनीहरुमा आरडिटि र पिसिआर पोजेटिभ छ यस्तो बेला प्रहरी संग नै निहु खोज्ने र घर तिर जान खोजेपछि एक छिन स्थिती तानब ग्रस्त भएको बताए । उनले स्थानीय सरकारले सबै कुराको राम्रो व्यवस्थापन गरेको छ । पहिला पोजेटिभ आएको केही दिन पछि पुन परीक्षणका लागि स्वाब संकलन गरेका छौ फेरी उनीहरुनै आन्दोलन गर्ने तरिका ठिक नभएको बताए । त्रिउमाविको आइसोलेसन र क्वारेन्टाइनमा ४३ जना बस्दै आएका थिए । ४३ जना मध्ये ४ जनलाई चोट लागेपछि सरस्वति माध्यमिक विद्यालयमा निर्माण गरेको आइसोलेसन अस्पतालमा उपचार गर्न लगिएको जनाइएको छ ।
फोटा थाहाखवर बाट