Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

दैलेखमा काेराेना संक्रमितको संख्या ५०२ पुग्यो

थप ३० जनाको कोरोना संक्रमण पुष्टि

दैलेख  :  दैलेखका थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पतालको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा शनिवार गरिएको परीक्षणमा दैलेखको आठबीस नगरपालिकामा २० जना, नौमूले गाउँपालिकामा ९ जना र डुङ्गेश्वर गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भए संगै दैलेखमा दैसंक्रमितको संख्या ५ सय २ पुगेको हो ।

कोरोना संक्रमितमध्ये दैलेखको नारायणका एक सय ९४, दुल्लुका ६७, चामुण्डाविन्द्रासैनीका एक र आठबीस नगरपालिकाका २२ जना छन् । यस्तै डुङ्गेश्वरका ६८, महाबुका एक सय ८, भैरबीका नौ, गुराँसका दुई, भगवतीमाईका नौ, नौमूलेका १९ र ठाटीकाँध गाउँपालिकाका तीन जना छन् । संक्रमितको संख्या ५०२ पुग्दा जिल्लामा कोरोना जित्नेको संख्या ३६ पुगेको छ । शनिबार मात्रै ९ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।