Loading... आजः मङ्लबार, कार्तिक २, २०७८
Trending

कर्णालीमा थप ७० जनामा कोरोना पुष्टि,

कर्णालीमा संक्रमितको सख्या ९१६ पुग्यो


दैलेख :  कर्णाली प्रदेशमा थप ७० जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपक्षी रोग अन्बेषण प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेत जिल्लाका ४० र दैलेख जिल्लाका ३० जना गरी जम्मा नयाँ संक्रमित संख्या ७० रहेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमितको सख्या ९१६ पुगेको छ ।
नयाँ संक्रमण पुष्टि हुने सुर्खेतका ४० जना मध्ये गुर्भाकोटका १२ जना, भेरीगंगाका १० जना, बराहतालका ९ जना, चौकुनेका ८ जना र वीरेन्द्रनगरका १ जना र दैलेखका ३० जना मध्ये आठबीसका २० जना, नौमुलेका ९ जना र डुङ्गेश्वरका १ जना रहेका छन् । सबै ७० जनाको पुष्टि प्रदेश अस्पताल सुर्खेतरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट भएको हो ।

error: Content is protected !!