Loading... आजः बिहिबार, माघ ८, २०७७
Trending

रंगेहात समातिए वडा अध्यक्ष

कालिकोट : कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ का वडाध्यक्ष अवैध सम्बन्ध राख्दा राख्दै रंगेहात पक्राउ परेका हुन । नरहरिनाथ गाँउपालिका वडा नं ७ की एक स्थानीय महिलासँग अवैध सम्बन्ध राख्दै गर्दा स्थानीयले उनलाई रंगेहात पक्राउ गरेका हुन् । अत्याधिक मदिरा सेवन गरी पटक–पटक एक महिलाको घरमा जाने वडाध्यक्ष बिकलाई त्यहाँका स्थानीय नागरिकले निगरानी राखी अवैध सम्बन्ध राख्दै गर्दा रंगेहात नाङगै समातेका छन् ।
माल्कोटकी ती महिलासंग वडा अध्यक्ष बिकले पहिलेदेखी नै अवैध सम्बन्ध राख्दै आएको स्थानीयले थाहा पाएपछि वडाध्यक्षलाई रंगेहात पक्राउ गरी नाङ्गो बनाएका हुन् । वडाध्यक्ष दलबहादुर बिकले यसभन्दा पहिले पनि मालकोटकी एक महिलालाई आफुले विहेगर्ने भन्दै झगडासमेत गरेको भिडियो बाहिरीएको थियो ।
स्थानीय दानबहादुर बटालाले वडा अध्यक्ष दलबहादुर बिक मदिरा सेवन गरी गाँउको राजा हुँ भन्दै गाली गजैल गर्ने र स्थानिय महिलाहरुलाई दुव्र्यवहार गर्ने गरेको बताए । उनले भने, वडा अध्यक्ष जे मन लाग्यो त्यही गर्छन् । गाँउका सोझा साझा नागरिकहरु सहदै आएका छन् । युगआह्वान बाट साभार

error: Content is protected !!