Loading... आजः बिहिबार, चैत्र १५, २०८०
Trending

क्वारेन्टाइनमा बसेका युवा मृत फेला


बाजुरा :  बाजुराको एक क्वारेन्टिनमा रहेका युवक मृत फेला परेका छन् । बडिमालिका नगरपालिका वडा नम्वर २ भौनेरामा रहेको सत्यवादी माविको क्वारेन्टिनमा युवक मृत फेला परेका हुन् ।बडिमालिका नगरपालिका वडा नम्वर २ माझिगाउँका ४५ वर्षीय युवक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईले बताए ।

अहिले १६ जना रहेको उक्त क्वारेन्टिनमा मृतक ती युवा दुई दिन अगाडि मात्र भारतबाट आएर बसेका थिए । प्रहरी नायव उपरीक्षक भट्टराईले घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिएको बताए । उनले भने, प्रारम्भिक हेर्दा आत्महत्या जस्तो देखिएको छ तर थप अनुसन्धान भइरहेको छ ।