Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

सांसद बोल्छन्,सरकार सुन्दैन

पिसिआर मेसिन आफै खरिद गर्ने तयारी


दैलेख : दैलेखमा युद्ध स्तरमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका विषयमा दैलेखकाका प्रतिनिधि सभा र कर्णाली प्रदेश सभा सदस्यले कोरोनाको महामारी रोक्न सरकार सँग तोकेता गरेका छन् । दैलेखको निर्वाचन क्षेत्र नः १ का प्रतिनिधि सभा सदस्य रविन्द्र शर्मा,निर्वाचन क्षेत्र नः २ का राज बहादुर बुढा,समानुपातिक सांसद पार्वती विशुन्के र प्रदेश सभा सदस्य अम्मर बहादुर थापा,धर्मराज रेग्मी,सुशील थापा मिनासिह रखाल,हिम बहादुर शाही लगायतका सांसदले दैलेखमा फैलिएको कोरोनाको महामारी रोक्नका लागि आवश्यक चिकित्सक सहितको टोली दैलेख पठाउन माग गरे पनि अहिले सम्म सुनुवाइ हुने सकेको छैन । सांसदका विभिन्न बैठकहरूमा दैलेखमा फैलिएको कोरोनाको महामारी रोक्न सांसदहरूले ताकेता गरेको भए पनि सरकारले सुन्दै नसुनेको भन्दै आक्रोशित समेत बनेका छन् ।

अव २ दिन भित्र पिसिआर मेसिन जोडिन्छ : शर्मा

दैलेखको निर्वाचन क्षेत्र न १ का प्रतिनिधि सभा सांसद रबिन्द्र शर्माले दैलेखमा फैलिएको कोरोनाको महामारीका विषयमा प्रतिनिधि सभामा दैलेखमा पिसिआर मेसिन जडान गर्न र चिकित्सकको टोली पठाउन माग गरेको भए पनि अहिले सम्म सरकारले सुनुवाइ नगरेपछि निर्वाचन क्षेत्र विकास कोष मार्फत आएको ६ करोड मध्ये १ करोड ८ लाख रकम पिसिआर मेसिनमा खरिद गर्ने आफू लागेको बताए । उनले विकास निर्माणका काम पछि गरे पनि हुन्छ जनता समस्यामा छन् जनताका समस्या समाधान प्रमुख विषय भएका कारण १करोड ८ लाख रुपैयाँ पिसिआर मेसिनमा खरिद गर्ने निर्णय समेत गरेको बताए । उनले त्यसको सहजी करणका लागि नारायण नगरपालिका दैलेखलाई जिम्मा दिएको र अबको ३ दिन भित्र मेसिन जडान हुने र सबैको स्वास्थ्य परीक्षण हुने बताए ।

सरकार निद्रा बाट उठ्न प¥यो  :  बुढा

दैलेख निर्वाचन क्षेत्र न ः २ का सांसद राज बहादुर बुढाले दैलेखमा फैलिएको कोरोना महामारीका विषयमा सरकारले कुनै चासो नदिएपछि सिहदरवारमा निद्रामा रहेको सरकारलाई व्युझिन आग्रह गरेका छन् । प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले दैलेखी जनता कोरोना सङ्क्रमण बाट गुज्रिरहेका अवस्थामा समेत सरकारलाई पटक पटक झभक्याउदाँ समेत नसुने पछि सरकारलाई निद्रा बाट आग्रह गरेका हुन । दैलेखी जनताले पाउने सामाजिक सुरक्षा भत्ता कटौती गरेर भए पनि उनीहरूको स्वास्थ्य बचाई दिनु प¥यो । हामी सांसद हेलिकप्टर चार्टर गर्न तयार छौ सरकारले चिकित्सक टोली र आवश्यक किट पठाऊ माग समेत गरेका थिए ।

कर्णालीको पिडा कसैले नबुझ्ने भए  :  विसुन्के

दैलेख बाट समानुपातिक सांसदका रूपमा प्रतिनिधित्व गर्ने सांसद पार्वती विशुन्केले दैलेख र कर्णालीका नागरिकको पिडा कसैले नबुझ्ने गरेको बताइन । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद विशुन्केले दैलेख र कर्णालीका जनताको पीडा काठमाडौँमा बस्नेले नबुझेको भन्दै ३ महिना कर्णालीमा गएर बस्न समेत आग्रह गरेकी छिन । राज्यले अहिले पनि कर्णालीलाई हेर्ने नजर नै फरक भएको भन्दै कर्णालीका जनताले समेत यो राज्यलाई कर तिरेका छन् त्यस तर्फ सरकारको ध्यान जाओस् ।
त्यस्तै कणाृली प्रदेश सभामा दैलेख बाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य अम्मर बहादुर थापा, सुशील थापा, धर्मराज रेग्मी, हिम बहादुर शाही,मिनासिह रखालले दैलेखमा फैलिएको कोरोनाको महामारी रोक्ने र तत्काल थप चिकित्सकको व्यवस्था गर्न माग गरेका छन् । कणाृली प्रदेशमा सबै भन्दा बढी कोरोना सङ्क्रमित दैलेखमा देखिएको भए पनि कर्णाली प्रदेश सरकार रमिता हेरेर बसेको भन्दै उनीहरूले दैलेखको दुई वटै निर्वाचन क्षेत्रमा आइसुलेसन अस्पताल निर्माण निर्माण सुरु भएको र त्यसका लागि आवश्यक बजेट विनियोजन गर्न माग समेत गरेका छन् ।