Loading... आजः मङ्लबार, बैशाख ४, २०८१
Trending

नेपालमा संक्रमितको सख्या ४०८५ पुग्यो

मंगलवार ३२३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ  : नेपालमा मंगलबार ३ सय २३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताइएको छ । थपिएका चितवन, धादिङ बागलुङ म्याग्दी तथा धनुषालगायत जिल्लाका छन्। मंगलबार थपिएका ३२३ संक्रममितसँगै नेपालम अब कुल संक्रमितको संख्या चार हजार ८५ पुगेको छ। त्यस्तै, आज ९६ जनाले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन्। यससँगै कुल डिस्चार्ज हुनेको संख्या ५ सय ८४ पुगेको छ। पछिल्लो समय नेपालमा कोरोनाको संक्रमण तीव्र रूपले फैलिइरहेको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसरा हालसम्‍म ७२ जिल्लामा कोरोना फैलिइसकेको छ। पछिल्लोपटक संक्रमण हुनेमा इलाम जिल्ला परेको छ। हालसम्म डिस्चार्ज हुनेको संख्या ५ सय ८४ पुगेको छ। जसमध्ये ५ सय ७ जना पुरुष छन् भने ७७ जना महिला रहेका छन्। पछिल्लो २४ घण्टामा संक्रमण निको भई घर जानेको संख्या ९६ रहेको छ। उनीहरु मध्ये ८८ जना पुरुष र ८ जना महिला रहेका छन्। संक्रमित जिल्लाहरुको संख्या ७२ पुगेको छ।