Loading... आजः शुक्रबार, अशोज ८, २०७८
Trending

नगरपालिकाले दियो क्रियाखर्च


दैलेख:  कोरोनाका संक्रमणका कारण मृत्यु भएका दुुल्लु नगरपालिका ११ का ३५ बर्षीय कर्ण बहादुर थापाको परिवारलाई नगरपालिकाले क्रिया खर्च दिएको छ । दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले शनिवार घरमै पुगेर क्रियाखचए बापत २५ हजार रुपैया हस्तान्तरण गरेका छन । कर्णाली प्रदेशमा कोरोना संक्रमण बाट पहिलो मृत्यु भएका कर्ण बहादुर थापाकोा परिवारलाई क्रियाखर्च बापतको रकम हस्तान्तरण गर्दै नगर प्रमुख भण्डारीले तत्कालका लागि २५ हजार क्रियाखर्च दिएको र थप रकम कार्यपालिकाको बैठक बाट निर्णय गरेर दिने तयारी गरेको बताए । भारतबाट गत जेठ ९ गते आएका उनलाई नगरपालिकाले ल्याएर दुल्लु नगररपालिका ७ मा रहेको बिद्युत प्राधिकरणको भवनमा राखिएको थियो मृतक कर्ण बहादुर थापको छोरा छोरीलाई निशुल्क प्राबिधिक शिक्षा पढाउने प्रतिबद्धता समेत ब्यक्त गरेका छन ।

error: Content is protected !!