Loading... आजः आइतवार, अशोज १०, २०७८
Trending

४ महिने बालक सहित १६ जनामा कोरोना संक्रमण

कर्णालीमा कोरोना संक्रमितको सख्या २७८ पुग्यो

दैलेख  : कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ । बुधबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय अन्तरगर्तको स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ । स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले १६ जना थपमा कोरोना संक्रमण देखिए संगै संक्रमितको संख्या २ सय ७८ पुगेको जानकारी दिए ।

कर्णाली प्रदेश अस्पताल सुर्खेत स्थित पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला स्थित प्रयोगशालामा गरिएको परीक्षणमा १६ जनामा कोरोना पुष्टि भएको डा। तिवारीले बताए । संक्रमित हुनेमा कालिकोटका चार महिने शिशुसहित ७ जना, सल्यानका दुई जना, दैलेखका ७ जना रहेका छन् । कालिकोटको महाबै गाउँपालिका–२ का २२ वर्षीय पुरुष, वडा नम्बर ४ का ४ महिने शिशु र २८ वर्षीय, तिलागुफा नगरपालिका २ का २१ वर्षीय पुरुष, पलाँता गाउँपालिका ७ का ४२ वर्षीय पुरुष, शुभकालिका गाउँपालिका ३ का २१ वर्षीय पुरुष, सान्नीत्रिवेणी गाउँपालिका २ का २० वर्षीय महिलामा कोरोना पुष्टि भएको हो ।

यस्तै सल्यानको कुमाख गाउँपालिका ३ का १९ र २४ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको हो । त्यसैगरि दैलेखको नारायण नगरपालिका २ का २०, २४, २५, २५, ३० वर्षीय पुरुष, दुल्लु नगरपालिका २ का १७ वर्षीय पुरुष र नौमूले गाउँपालिका ८ का २५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

error: Content is protected !!