Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

जुम्लामा तीन दिन निषेधज्ञा


जुम्ला :  लकडाउन अत्यन्तै फितलो भएपछि जुम्ला सदरमुकाममा तीनदिन निषेधाज्ञा गरिएको छ । जिल्ला सुरक्षा समितिको वैठकले तीन दिन निशेधाज्ञा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । स्थानीय प्रशासनले मिति बुधवार९ बजे बाट २३ गते बेलकी १२ बजे सम्म निशेषज्ञा जारी गरेको छ । यसैगरी भारतबाट आउने मानिसहरु अत्याधिक बढेको समयमा बजार क्षेत्रमा लकडाउन उलंघन भएका कारण जोखिम रोक्न सुरक्षा समिति सो निर्णयमा पुगेको थियो । पछिल्लो समयमा आमनागरिक र सरोकारवालाहरुको पनि लकडाउनको पालन नभएको र सुरक्षा परिचालन कमजोर भएको गुनासो आउने गरेको थियो । यसैगरी पछिल्लो समयमा भारतबाट आउनेको संख्या बढिरहेको समयमा सवैले आआफ्नो घरमा लकडाउन गरेर बस्न जरुरी रहेको छ । भारतबाट आउने व्यक्तिहरुको पिसिआर नतिजा धमाधमपोजेटिभ देखिएपछि त्रास फैलिएको छ । जुम्लामा १९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

तस्बिर गोरखापत्र