Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

स्थानीय तहले थाले किट खरिद गरेर कोरोना परीक्षण

दैलेख :  कोरोना संक्रमणको जोखिम तिब्र रुपमा बढे संगै दैलेखका स्थानीय तहले आफै आरडिटि किट किनेर परीक्षण गर्ने सुरु गरेका छन । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले आवश्यक किट स्वास्थ्य सेवा कार्यालयमा पठाउन नसकेपछि गाउँपालिकाले कटि खरिद गरेर कोरोना परीक्षण गर्न थालेका हुन । मंगलवार जिल्लाको भरवी गाउँपालिकाले जिल्लाको भैरबी गाउँपालिकाले र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किट किनेर कोरोना परीक्षण सुरु गरेको छ।

कोरोना भाइरस परीक्षणका लागि पीसीआर विधिबाट परीक्षण गर्न चाहिने भीटीएम (स्वाब राख्ने भाँडो ) र कोरोनाको दुत्र परीक्षण र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किट गाउँपालिका आफैँले खरिद गरेको हो। गाउँपालिकाले ७ सय भीटीएम र एक हजार दुई सय र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) खरिद गरेर कोरोना परीक्षण थालेको हो। गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हिरासिह थापाले झण्डै १४ लाख ८० हजारको लागतमा किट खरिद गरेको बताए । उनले किट ल्याए लगत्तै ल्याब असिस्टेन्ट नियुक्ती गरेर कोरोना भाइरसको परीक्षण गरिरहेको बताए।
भारतको विभिन्न क्षेत्रबाट आएका नागरिकको परीक्षण गरिरहेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकामा मंगलबारसम्म एक हजार ४ सय १९ जना भित्रिएका छन्। ती मध्ये सबै गाउँपालिकाले निर्माण गरेको २२ वटा क्वारेन्टाइनमा बसिरहेका छन्। गाउँपालिकाले सामुदायिक विद्यालय, भवनलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिरहेको छ।

हाल सम्म ७०९ जनाको आरडीटी परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ। ती मध्ये चारको आरडीटी परीक्षणमा एन्टीबडी पोजिटिभ देखिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अनुसार पाँच जनाको स्वाब संकलन गरेर परीक्षणका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतको पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा पठाइएको छ। कोरोना संक्रमण हुन सक्ने आशंका गरिएका व्यक्तिलाई प्राथमिकता राखेर स्वाब संकलन गरिएको गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले बताए । उनले‘भारतले बस र रेल सेवा सञ्चालन गरिसकेपछि गाउँपालिकामा फर्कने ह्वात्तै बढेका छन्, आरडीटी परीक्षणमा नेगेटिभ देखिएकालाई सेल्फ क्वारेन्टाइनमा पठाउने तयारी गरेको बताए । जिल्लाको भगवतिमाई

गाउँपालिकाले समेत आवश्यक पर्ने किट खरिदको तयारी गरिरहेको गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले बताउनुभयो ।उनले भनेको बेला जिल्लामा किट अभाव हुन थाल्यो , क्वारेन्टाइनमा बसेकाहरु परीक्षण नभएको भन्दै आक्रोस गर्न पोख्न थालेपछि गाउँपालिकाले खरिद गरेर ल्यावको कर्मचारी समेत नियुक्त गरेर भएपनि उनीहरुको कोरोना परीक्षण गरेर घर पठाउने योजनामा गाउँपालिका रहेको बताए ।
जिल्लाका अन्य गाउँपालिका तथा नगरपालिकाहरुले समेत किट किन्ने तयारीमा रहेको बताएका छन । उनीहरुले समयमै सरकारले उपलब्ध गराउँन नसकेपछि गाउँको जनतालाई बचााँउनका लागि पनि अरु विकास निर्माणका काम रोकेर भएपनि किट खरिद गरेर स्वास्थय परीक्षण गर्ने बताएका छन । तस्बिर : भैरवी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हिरासिह थापाको फेसबुक वालबाट