कर्णालीमा थप ५९ मा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १०५ पुग्यो
एक जनाको मत्यु
दैलेख : कर्णालीमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुर्खेत र जुम्ला प्रयोगशालामा शनिवार गरिएको परीक्षणमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। प्रदेशको जन स्वास्थ्य महाशाखाका अनुसार जुम्लामा गरिएको परीक्षणमा दैलेखका १५ जना, कालीकोटका १७ जना र बाजुराका १ जना गरि ३३ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै सुर्खेतमा गरिएको परीक्षणमा सल्यानमा २५ जना र सुर्खेतमा १ गरि जम्मा २६ जनामा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ। यो संगै कर्णालीमा संक्रमितको संख्या १०५ पुगेको छ भने एक जनाको मृत्पुु भएको छ। पछिल्लो संक्रमणपछि कर्णालीका २ जिल्ला सल्यान र कालीकोटमा कोरोना संक्रमण फैलिएको छ । यसअघि सुर्खेत र दैलेखमा संक्रमण देखिएको थियो।