Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, सरकारले जारी बन्दाबन्दी जेठ ३२ गते आइतबारसम्मका लागि थप गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले असार १६ गतेसम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णयसमेत गरेको हो । अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा।युवराज खतिवडाले जारी बन्दाबन्दी जेठ ३२ गतेसम्मका लागि थप गरिएको जानकारी दिए यसअघि सरकारले जेठ २० गतेसम्मका लागि बन्दाबन्दी जारी गरेको थियो । कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न बन्दाबन्दी प्रभावकारी भएको निष्कर्ष सरकारको छ । चैत ११ गतेदेखि नेपालमा बन्दाबन्दी जारी छ ।प्रवक्ता डा खतिवडाले बन्दाबन्दीको स्वरुप परिमार्जनबारे समेत छलफल भएको जानकारी दिए । उनका अनुसार, कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई बन्दाबन्दीको परिमार्जित स्वरुपबारे छलफलगरी मन्त्रिपरिषद्लाई सिफारिस गर्न समेत निर्देशन दिइएको छ । प्रवक्ता डा खतिवडाले सङ्क्रमणको जोखिम सीमा पारीबाट बढेकाले सीमा प्रवेशमा कडाई गरिने समेत बताए । त्यसका लागि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार छिमेकी मुलुकसँग सहकार्य गर्ने निर्णय समेत बैठकले गरेको जनाइएको छ । उनले बजेटबारे सङ्क्षिप्त प्रतिक्रिया दिदै स्वास्थ्य क्षेत्रको चुनौतीलाई सम्बोधन गर्ने बजेट सरकारले ल्याएको बताए ।