Loading... आजः सोमवार, भदौ ३१, २०८१
Trending

क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

कोरोना संक्रमण बाट मृत्यु हुनेको सख्या सात पुग्यो

दैलेख : दैलेखमा क्‍वारेन्टाइनमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार बिहान ज्यान गुमाएका ती ३५ वर्षीय पुरुषमा कर्णाली  दैलेखको दुल्लु नगरपालिका–७  का क्वारेन्टाइनमा मृत्यु भएका ३५ वर्षिया युवकको कोरोना पोजेटिभ देखिएको छ । गत जेठ ७ गते भारतबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका युवकको शनिबार बिहान मृत्यु भएको थियो ।
जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा युवकमा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले बताए । स्वास्थ्य विज्ञान प्रतिष्ठान कोरोना पोजेटिभ भएको जानकारी दिएको छ । उनले भने कोरोना परीक्षणका लागि स्वाव १५ गते नै लगिएको थियो । कोरोना संक्रमणका कारणले मृत्यु भएका युवकको शव कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा जिल्ला प्रशासन कार्यालयसँग छलफल भइरहेको नगर प्रमुख भण्डारीले जानकारी दिए । भारतदेखि आएका कारण उनीसहितको टिमलाई विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाईनमा राखिएको थियो । शनिवार बिहान क्वारेन्टाइनमा मृत्यु भएपछि पुनः उनको स्वाब परीक्षणको लागी सुर्खेत ल्याइएको छ तर पछिल्लो नतिजा आइपुगेको छैन ।